पूर्वयुवराज पारसलाई 'हर्ट अट्याक' !, चितवनमै उपचार गरिँदै

paras_1

चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो ।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, पारसलाई होटलमै इसिजी गरिँदै छ ।

यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए । रेग्मीले भने, “उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।” इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए ।

रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् । उनलाइ यसअघि हर्ट अट्याक भएको थियो, त्यसैले अहिले पनि हर्ट अट्याक नै हो कि भन्ने शंका गरिए पनि रिपोर्ट आएपछि मात्र समस्या पहिचान हुने स्रोतले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित