एमालेले गलत हल्ला फैलाएको भन्दै रेणु दाहालले दिइन यस्तो चेतावनी

चितवन।  भरतपुर महानगरपालिकामा मेयर पदकी  उम्मेदवार रहेकी रेणु दाहालले मत गन्ने बिषयलाई लिएर एमालेले गलत अफवाह फैलाएको वताएकी छन् ।

 आफूले कुनै शर्त नराखेको वताउँदै उनले सर्वदलीय बैठकमा आफूले भन्दै नभनेको बिषयलाई लिएर एमालेले मिडिया र सामाजिक सञ्जालमार्फत गलत हल्ला फैलाएर आफ्नो मानमर्दन गरेको वताइन ।

 कांग्रेसको चुनाव चिन्ह रुखमा परेको मत समेत रेणुले आफ्नो हुनुपर्छ भन्ने समाचार भाईरल बनेपछि  उनले त्यसको प्रतिवाद गर्दै एमाले समर्थित मिडिया र बद्ननाम गर्ने तत्वलाई चेतावनी दिएकी छन्  ।

   'सर्वदलीय बैठकमा माओवादी केन्द्रका एक जना प्रतिनिधिले दुवै मतपत्रमा मत परे के गर्ने भनेर मात्रै प्रश्न उठेको थियो । तर, मेराबिरुद्द पुरै एमालेको गिरोहले नराम्रो प्रचार गर्‍यो।' रेणु दाहालले माइन्युजनेपालसँग भनिन ।

प्रतिक्रिया

सम्बन्धित