सूर्यविनायक नगरप्रमुख थापालाई कोरोनापोजेटिभ

basudeb

भक्तपुर । सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापालाई कोरोना पोजेटिभ देखिएको छ । सामान्य लक्षण देखिएपछि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख थापाले बताए ।

उनले आफूलाई सामान्य ज्वरोबाहेक अन्य लक्षण नदेखिएको बताउँदै आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन अनुरोध गरेका छन् ।

नगरप्रमुख थापाले सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न अनुरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्ति बिहीबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केही दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित