उद्योग वाणिज्य महासंघ एसोसिएट सदस्यमा खनाल विजयी

gopal

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा एसोसिएट कार्यसमिति सदस्य गोपाल खनाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनपछि भएको मतगणनामा खनाल विजयी भएका हुन् ।

यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाबाट जित हात पारेसँगै ढकालले महासंघको भावी नेतृत्वको पक्का गरेका हुन् ।

महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघाई विजयी भएका छन् ।

यसैगरी महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यमा अरनिको राजभण्डारी, आकाश अधिकारी, गोविन्द ढुंगेल, नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

यस्तै प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । यसैगरी सुबोध कुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल निर्वाचित भएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित