प्रहरीको गोली लागेर उम्मेदवारको मृत्यु

कालिकोट ।  प्रहरीले गोली चलाऊंदा राप्रपाका वडाध्यक्ष उम्मेदवार धनरुप बटालाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका ६ को नन्दादेवी मावि मतदान केन्द्रको मतपेटिका ढुवानीको क्रममा विप्लव समूहले आक्रमण गरेको थियो । बम हान्नुका साथै मतपेटिका खोसेपछि सुरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाएको थियो । घटनामा वडा नम्बर ६ का वडाध्यक्षका राप्रपा उम्मेदवार धनरुप बटालाको निधन भएको छ ।घटनामा उनी घाइते भएका थिए । घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि आज विहान हेलिकोप्टरबाट पठाइएको छ ।त्यहा  पुनः मतदानको व्यवस्था गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित