बाग्लुङबाट काठमाडौं उडेको हेलिकोप्टरमा चरा ठोक्कियो

heli

काठमाडौं । बाग्लुङबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । नुवाकोटको आकाशमा आइपुग्दा हेलिकोप्टरमा चील ठोकिएपछि आकस्मिक अवतरण गरेको हो ।

कैलाश एयरको उक्त हेलिकोप्टर बाग्लुङमा ५ यात्री लिएर काठमाडौं आउँदै गरेको जनाइएको छ । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य लागेको जनाइएको छ ।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित