मतदान गर्नबाट बन्चित चर्चित दुई डन प्रहरी हिरासतमा रमाउँदै

काठमाडौं । २० वर्षपछि मुलुकमा स्थानीय निर्वाचन भइरहेको बेला काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका चर्चित दुई डन भने मतदान गर्नबाट बन्चित भएका छन्  ।

 एक अर्काका दुश्मन तथा प्रतिस्पर्धी दिपक मनाङे र चक्रे मिलनलाई स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती बढाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

दुबै जनालाई महानगरीय प्रहरी परिसरको एकै हिरासत कक्षमा राखिएको छ ।

 मनाङे र चक्रेसहित पक्राउ परेका आधा दर्जन बढी गुण्डा नाइकेहरु चुनाव लगत्तै छुट्ने छन् । प्रहरी स्रोतका अनुसार मनाङे र चक्रेलाई  एकै  ठाउँमा राखिए पनि उनीहरुबीच सामान्य बोलचाल भए पनि खासै कुराकानी हुँदैन । आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा मनाङे र चक्रे पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन्  । तर, कहिल्यै एकै हिरासत कक्ष र जेलमा बसेका थिएनन् ।

 उनीहरु बीच हिरासतभित्रै संभावित घटना हुन सक्ने तर्फ पनि प्रहरीले संवेदनसिलता अपनाएको जनाएको छ। स्रोतका अनुसार चक्रेले मनाङेलाई खासै गन्दैनन् भने मनाङेले पनि आफु राजनीतिक धरातलको व्यक्ती भन्दै चक्रेलाई आफ्नो हैसियतमा राख्न नहुने तर्क दिँदै आएका छन् । तर, दुबै जना संगठित गुन्डागर्दीमा संलग्न रहेको प्रहरीको निश्कर्स छ ।

 ठमेल क्षेत्र मनाङेको अखडा हो भने महाराजगन्ज चक्रपथ चक्रेको । आपराधिक गतिविधिबाट अकुत सम्पत्ति आर्जन गरेको भन्दै दुबै जनाले विशेष अदालतमा सम्पत्ति शुद्धिकरण मुद्दा खेपिरहेका छन् ।  चक्रेको एमाले नेता प्रदिप नेपालसँग पारिवारिक सम्बन्ध छ भने मनाङे राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्द छन् ।

प्रतिक्रिया

सम्बन्धित