पहिलो चरण अन्तर्गत आज स्थानीय चुनावको मतदान हुँदै

काठमाडौं  । पहिलो चरण अन्तर्गत स्थानीय चुनावको मतदान आज हुँदैछ । यसलाई मतदाताले उत्सवकै रुपमा लिएका छन् । मतदान बिहान ७ देखि ५ बजेसम्म हुने कार्यक्रम छ ।यसपटकको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको अभ्यास मूर्त रुप दिने अपेक्षा गरिएको छ ।

विगत १५ बर्ष यता कर्मचारीले स्थानीय तह चदाउँदा स्थानीय निकायमा भ्रष्टचार, जवाफदेहितामा कमजोर मात्र नभई लोकतन्त्रको जग नै कमजोर भएको जनताले अनुभूति गर्दै आएका थिए । यही अवस्थामा जनताले आज आफ्नो विशेष अधिकार प्रयोग गर्दै स्थानीय स्तरका लागि आफ्नो नेतृत्व चयन गर्दै छन् ।

आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालका अनुसार आज अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा आउने छ । विदेशबाट आएका पर्यटकहरूका लागि त्रिभुवन विमानस्थलबाट तीनवटा बेग्लाबेग्लै रुटमा सवारी साधन सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित