काभ्रेमा गोली चल्यो, एकको मृत्‍यु

काभ्रे। काभ्रेको नमोबुद्धमा गोली चलेको छ । गोली लागेर गम्भिर घाइते भएका स्थानीय नवराज पाठकको उपचारका लागि लगिएको धुलिखेल अस्पतालमा नै निधन भएको हो।

मृतक पाठक माओवादी केन्द्रका कार्यकर्ता भएको माओवादीले दावी गरेको छ। नयाँ शक्तिले आफ्ना कार्यकर्ता भएको दावी गरेको छ भने काँग्रेसका स्थानिय नेताहरुले भने आफ्ना मतदाता भएको दावी गरेको छ।

शनिवार राती साढे १० बजेको समयमा पाठकलाई गोली लागेको विषयमा पनि फरकफरक तथ्यहरु आएका छन्। माओवादीले शसस्त्र प्रहरीको गोली लागि पाठकको मृत्यु भएको जनाएको छ भने नयाँ शक्तिले वाइकमा आएकाहरुले गोली हानि पाठकको हत्या गरेको आरोप लगाएको छ।

पाठकको मृत्यु हुनेगरि कस्ले गोली हानेको हो भन्नेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित