प्रधानमन्त्री ओलीद्वारा भोलीका लागि सर्वदलीय बैठक आह्वान

PM_Oli

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

भोलि (मंगलबार) विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ । सचिवालयका अनुसार समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको हो ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित