मतदानबाट जनताले गरेको फैसला मान्न आफुहरु तयार : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसले ढुक्क भएर मतदान गर्न सवै मतदातालाई आह्वान गरेको छ । काँग्रेस प्रचार प्रसार उपसमितिद्धारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री गगन थापाले कसैबाट पनि प्रभावित नभइ मतदान गर्न र  संयमता नगुमाउन समेत  अनुरोध गरे । मन्त्रीहरुले नै आचार संहिता उल्लघन गरेको आरोपका संवन्धमा स्वास्थ्य मन्त्री समेत रहनु भएका थापाले बाणिज्य मन्त्री रोमी गौचलनले र आफुले आचार संहिता उलंघन गरेको आरोप पूर्णतः आधारहिन भएको बताए ।

   निर्वाचन आयोगको निर्णय अनुसार तोकिएको समयमा मन्त्रीहरुले तोकिए बमोजिमको मात्रै काम गरेको र अहिले पनि सोही अनुसारका मात्रै गतिविधिहरु गरिरहेको मन्त्री थापा जानकारी दिए ।

 मन्त्री थापाले मौन अवधिमा मन्त्रीहरुले पनि सरकारी सुविधाको प्रयोग नगरी अन्य नेताहरु जस्तै जस्तै अनौपचारिक भेटघाट र छलफल गर्न पाउने अधिकार निर्वाचन आयोगले दिएकोकाले बन्द कोठामा भेटघाट र छलफलहरु गरेको स्पष्ट पारे । उनले भने, “हिडडुल गर्न पाउने हाम्रो अधिकार छ, त्यसका लागि कुनै पार्टीसँग स्विकृति लिनु पर्दैन, तर आचार संहिता अनुरुप गरेको कामलाई पनि दुसप्रचार गरिएको छ ।” आईतबार हुने मतदानबाट जनताले गरेको फैसला मान्न आफुहरु तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित