ज्वालामुखीका मतदातालाई लण्डनबाट यस्तो अनुरोध

लण्डन । १९ वर्ष अगाडी स्थानीय चुनाब हुदा भोट दिन नपाए पनि ,पछि पछि जिन्दाबाद भन्दै गइयो ।  हामी बालबालिकाहरुको आँखाको आगाडी झल्झली थुप्रै व्यक्तिहरु पिटिएको आज जस्तै लाग्छ ।  नेताहरु चुनाब जितेर गए आफु बने, आफन्तलाई बनाए ।तर आज करिब २० वर्ष भयो आखिर के पायौ हामीलेरु  विकासको नाममा आजसम्म ५  वटा बाख्राको ठाउमा ९ भए , ११ को ठाउमा १७ भए , बस त्यति नै  हो।  चैनपुर आफैमा एउटा बिबिधता र प्रकृतिले भरिपुर्ण वार्ड हो । यदि साच्चै जनताको जीवन स्तर उकास्ने हो भने चैनपुरको राजनीति कृषीमुखी र जनतामुखी हुनु पर्छ । केही भएपनी हामिले सोचेको जति हुन सकेको छैन।

 अहिले ज्वालामुखी गाउपालिकाको चैनपुर वार्डहरुमा अध्यक्षको लागि जति पनि म्याराथुन दौड दौडिरहनु भएको छ उहाँ हरुले प्रष्ट पारिदिनु पर्ने छ की आधुनिक क्रान्तिका लागि के कस्ता योजना ज्वालामुखी गाउँपालिका बासिको लागि योजना लिएर आउनुभएको छ तर हप्तौ पिच्छे माला लगाउदै, बाजा बजाउदै खादा लगाउदै रमाउने समुहको नाटक हेर्दा निकै दिक्क लाग्छ ।

 काम शुन्य, गफ धेरै, आफ्नालाई काखा हामी गाउको विकासका लागि मरिमेट्नेहरुलाई सधै पाखा लगाउने प्रवृती देख्दा झनै घृणा लाग्छ। वर्षमा २१ औं पटक माला लगाउनेलाई चैनपुरमा तपाईले गरेको कामहरु के के छन् भनेर सोध्यो भने एउटा जवाफ दिनलाई पानी नै पिउनुपर्छ। यहां पानीको कुवामा होस या जग्गाको साधमा , सामुदायिक सम्पतिमा होस या खोला खेतमा होस, स्कुलमा जागिर होस या अन्य सरकारी जागिर होस, सानो मन्दिरको जात्रा लगाउने ठाउंमा होस या बिहेको भोजमा होस जहाँतही राजनीती छ ।

 एउटा स्कुलमा जादा पार्टीका चिन्न्हहरु देखिन्छन, मन्दिर जादा मुख्य गेटमै जिन्दाबादका शब्दहरु भेटिन्छ्न। आखिर हामीले यस्ता बहुमुल्य कुराहरुमा पार्टीका नाराहरु लेखेर के पायौ र नलेखेर के गुमायौ त ? विद्यालय जस्तो शान्ति क्षेत्रमा पनि विभिन्न समितीको नाममा राजनिती गरेर विद्यार्थीहरुको भविष्यमाथि नै कुठाराघात हुँदैछ र भैरहेछ ।

 बाटोघाटो,खानेपानी, बिजुली देखि लिएर हरेक विकासका एजेन्डामा राजनितीक स्वार्थ ख‍‍ोज्ने प्रवृत्ति र स्वार्थ, विपरित भएमा विभिन्न बखेडामा बिगार्ने भत्काउने हुन नदिने जस्ता तल्लो स्तरका मानसिकता भएका राजनीतिक दलका कार्यकर्ताबाट घिनलाग्दा खेलहरु भईरहेका छन् । नेपाल सरकारको तलब खाएर पार्टीको गुणगान गाउदै  स्कुलहरुमा जुन खालको राजनीति भैरहेको छ त्यस्तो खालको राजनीति बिधालय क्षेत्रभित्र बन्द गरिनु पर्छ । बिधालय भनेको शिक्षा लिने पबित्र थलो हो कुनै पार्टीको बिज्ञापन गर्ने थलो होइन । यस बिषयमा ज्वालामुखी गाउँपालिका बासीहरुको ध्यानाकर्षण होस भन्न चाहन्छु । यसले चैनपुरलाई मात्रै नभई , सिंगो धादिङ जिल्लालाई समेत नराम्रो प्रभाव पारिरहेछ। आज २-४ दिनको लागि चैनपुर नै त्रासमा छ, अन्तिम पटक चुनाब भएदेखि हराएका नेता तथा कार्यकर्ताहरु आज रातारात कुद्दैछन, जनतालाई केहि दिनको लागि झुट बोल्दै हतारमा पद हत्याउने प्रयत्नमा हिड्दैछन् । आखिर यो किनरु सोच्नुस हामीले जे गर्यौ राम्रो गर्यौ की गरेनौ  र हामीले जे गर्दैछौ त्यो राम्रो हो कि नराम्रो हो रु अहिलेको परिस्थितिमा गाऊ विकासको लागि यो स्थानीय चुनाब निकै मौकाको बिषय छ । गत चुनाबमा जुन किसिमको वातावरणमा त काङ्ग्रेस,  म एमाले भनेर हानाहान गरेर जनताहरुमा कुटाकुट गरेर त्रास र भय फैलाउने काम भएको थियो यो चुनाबमा यस्तो गलत क्रियाकलापहरु नहोस।

 सोच्नुहोस हामी जनताले जुधेर के पायौ रु  संसारको बिकास देखेका युवाहरु अझै पनि त त्यो पार्टी , म उ पार्टी भन्दै झैझगडा गर्न थाल्यौ भने हाम्रो भबिष्य फेरी पनी अस्तब्यस्त भै त्यस्तै नै हुनेछ। हाम्रा ॠषि महर्षीहरुले समयको लामो कालक्रमलाई चार युगमा बाडेका छन । पुराण,रामायण र महाभारतकालिन समय हुंदै बंश परम्पराको लामो शृंखला बन्दो रहेछ। तर हाम्रै अज्ञानताको कालो बादलले टाढाका केहि क्षितिजसम्म पनि राम्रोसंग देख्न सकिंदैन।

 बाह्रौ शताब्दीतिरको धमिलो रेखाबाट मेरो ईतिहासको स्पष्टरअस्पष्ट सिलसिला शुरु भै आजभोली सम्म आईपुगेको छ। इतिहासको यो क्रमबद्धतालाई यो लेख मार्फत यस विषयमा हामी हाम्रो ठाँउको मान्छेहरु नै अबुझ बनेर बस्दा भोलि हामी बत्तीमुनिको अँध्यारो हुने अवस्थ नआउला भन्न सकिँदैन र सुधारका लागी बेलैमा सचेत हुन जरुरी छ। हाम्रो सन्ततिको भबिस्यका लागी पनि, पार्टी भन्दा पनि ब्यक्तीको आचरण हेरेर यो चुनाबमा  भाग लिएर सभ्य र भब्य बनाइ सभ्य नागरिको पहिचान गराइदिन हुन सम्पुर्ण ज्वालामुखी गाउँपालिकाबासीहरुमा आह्वान गर्द्छु।

राजन खकुराल,उपसभापति नेपाली युथअसोसिएसन यु.के, बेलायत

प्रतिक्रिया

सम्बन्धित