डाइपर लगाए कोरोनाबाट बचिने ? पाइलटलाई डाइपर लगाउन सरकारको निर्देशन

ccc

बेइजिङ । चीनको वायुसेवाको नियामक संस्थाले हवाई उडानका क्रममा शौचालय कम प्रयोग गरे कोभिड-१९ को जोखिम पनि कम हुने भन्दै विमान चालकदलका सदस्यहरूलाई 'डाइपर' लगाउन सुझाव दिएको छ।

वायुसेवाहरूलाई दिइएको नयाँ निर्देशिकामा रहेको व्यक्तिगत सुरक्षा सामग्रीसम्बन्धी खण्डमा पिसाबलाई सोस्ने 'न्यापी' लगाउने सुझाव छ।

नियामक संस्थाले त्यो सुझाव उच्च जोखिम क्षेत्रमा हुने चार्टर्ड उडानका लगि भएको बताएको छ।

विश्वभर वायुसेवा र विमानस्थलहरूले पुनस् सञ्चालनमा आउनका लागि सुरक्षाको विषयलाई ध्यानमा राखेर विभिन्न प्रकारका ठूला ठूला परिवर्तनहरू गरिरहेका छन्।

चीनको नागरिक उड्डयन व्यवस्थापन संस्थाले कोरोनाभाइरस सङ्क्रमण कम गर्न वायुसेवाहरूलाई ४९ पानाको निर्देशिका प्रकाशित गरेको छ।

डाइपरसम्बन्धी निर्देशिका प्रति दशलाखमा ५०० सयभन्दा बढी सङ्क्रमित भएका क्षेत्रमा हुने चार्टर्ड उडानहरूमा लागु हुन्छ।

यसका साथै चालकदलका सदस्यहरूलाई मास्क, पञ्जा, टोपी, चस्मा, पिपिइ र जुत्ता छोप्ने कपडा लगाउन सुझाइएको छ।

यात्रुसँग प्रत्यक्ष सम्पर्कमा नआउने विमानचालकहरूलाई भने अन्य सुरक्षा उपाय अपनाउन भनिए पनि 'न्यापी' लगाउने सुझाव दिइएको छैन।

विश्वभर नै महामारीले गर्दा थला परेका वायुसेवा कम्पनीहरू पुनस् सेवामा फर्कन सङ्घर्ष गरिरहेका छन्।

कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम गर्न देश अनुसार फरक नियमहरू लगाइएका छन्।

कतिपय देशमा मास्क अनिवार्य गरिएको छ भने कतिपय देशमा दुई यात्रुबीच एउटा सिट खाली हुनुपर्ने नियम छ। -बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित