देशभर थप १०४४ संक्रमित, १२७१ कोरोनामुक्त

Corona_Update_1

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६७४ पुगेको छ ।

आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

त्यस्तै पछिल्लो एक दिनमा १२७१ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।

हालसम्म नेपालमा १८ लाख २० हजार ६१८ को कोरोना परिक्षण गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित