अमेरिकामा एकैदिन ३ हजार भन्दा बढीको मृत्यु

crying US

काठमाडौं । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्रै ३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

अमेरिकामा पछिल्लो २४ घन्टामा ३ हजार ९८ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९९ हजार ७ सय ३१ पुगेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ६० लाख ४८ हजार ९ सय २८ पुगेको छ ।

विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ९ सय २३ जना संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ लाख ३ सय ८६ पुगेको वल्र्डोमिटरको तथ्यांकमा सार्वजनिक गरिएको छ ।

हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड १४ लाख १८ हजार ३ सय ११ पुगेको छ भने ४ करोड ९६ लाख २५ हजार ६२ जना कोरोनामुक्त भइसकेको तथ्यांक सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित