विश्वभर कोरोनामुक्त हुनेको संख्या ५ करोड नाघ्यो

Wo_Co

काठमाडौं । विश्वमा कोरोना मुक्त हुनेको संख्या ५ करोड नाघेको छ । पछिल्ला दिनमा संक्रमितसँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दै गएको विश्वमा हालसम्म ५ करोड ४ लाख ८८ हजार ९ सय ४० जना कोरोनामुक्त भएका छन् ।

विश्वमा सबैभन्दा धेरै कोरोनामुक्त अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९६ लाख ४४ हजार ३ सय २५ संक्रमणमुक्त भएका छन् । अमेरिकामा पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ६५ लाख ९९ हजार ५ सय ९९ रहेका छन् ।

संक्रमित संख्याको आधारमा सबैभन्दा धेरै कोरोनामुक्त भारतमा भएका छन् । भारतमा ९८ लाख ५७ हजार ३ सय ८० संक्रमित पहिचान भएकोमा ९३ लाख ५६ हजार ८ सय ७९ जना कोरोनामुक्त भइसकेका छन् ।

भारतमा अहिलेसम्म संक्रमित संख्याको आधारमा अमेरिकापछि दोस्रो स्थानमा रहे पनि सक्रिय संक्रमितको संख्यामा भने आठौं नम्बरमा पुगेकोछ । भारतमा भन्दा धेरै संक्रमित संक्रमित, अमेरिका, फ्रान्स, ब्राजिल , इटाली, बेल्जियम, रसिया, उक्रेनमा रहेका छन् ।

संक्रमित संख्याको तुलनामा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको फ्रान्समा देखिएको छ । फ्रान्मा २३ लाख संक्रमितमध्ये अहिले पनि २१ लाख भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित