काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग ३ हजार मतले राजन पराजित
थापाले कुल खसेको मतमा २१ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए भने भट्टराईले १८ हजार १ सय ४० मत प्राप्त गरे।
काठमाडौं ४का साविक बिजेता गगन थापाले एमालेका भरपर्दा उम्मेद्वारलाई सजिलै पराजित गरेका छन्।
भट्टराईको उम्मेद्वारीलाई लिएर एमालेजन उत्साहित देखिन्थे तर गगन थापाले आफ्नो कामले मतदाताको मन जितेका हुनाले भट्टराई नजित्ने आंकलन पहिलेदेखि नै क्षेत्रमा रहेको थियो।
प्रतिक्रिया