देशभर थप ८३० संक्रमित, १५०० कोरोनामुक्त

Corona_Update_1

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६९८ पुगेको छ ।

आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।

त्यस्तै पछिल्लो एक दिनमा १५०० जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।

हालसम्म नेपालमा १८ लाख ३१ हजार ४१ को कोरोना परिक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित