देशभर थप ७३६ संक्रमित, ८४७ डिस्चार्ज

Corona_Update_1

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा १३ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७४३ पुगेको छ ।

आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६  पुगेको छ ।

त्यस्तै पछिल्लो एक दिनमा ८४७ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।

हालसम्म नेपालमा १८ लाख ४९ हजार १३६ को कोरोना परिक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित