देशभर थप ७८२ संक्रमित, १०२९ डिस्चार्ज

Corona_Update_1

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७६५ पुगेको छ ।

आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४  पुगेको छ ।

त्यस्तै पछिल्लो एक दिनमा १०२९ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२  पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित