गगन थापाको प्रहरीमा निरन्तर दवाब , दुई दिनमै छुटाए यि खतरनाक डनलाई

काठमाडौं । प्रहरीको धन्दा पनि कस्तो हुन थाल्यो भने मान्छे पक्रिने, कसका लागि कुन स्तरको नेताले फोन गर्छ भन्ने आधारमा आरोपीलाई छाड्न र नछाड्ने निधो लिने । आसन्न स्थानीय निर्वानको क्रममा विभिन्न दल र उम्मेदवारले आपराधिक गतिविधिमा संलग्न गिरोहका मानिसलाई प्रयोग गरी शान्ति सुव्यवस्था खलल पुर्याउलान भनी प्रहरीले बितेको दुइ साताभित्र ५० भन्दा बढी व्यक्ती पक्राउ गर्यो ।

अहिले टेकुस्थित महानगरीय पहरी परिसरको हिरासतमा मुस्किलले पाँच आरोप मात्र छन् । अधिकांशलाई उच्च राजनीतिक दबाबमा छाडिएको एक अधिकृतले बताए । गत साता साजन महर्जन पक्राउ परे । स्वास्थ्यमन्त्री गगन थापाले यति धेरै दबाब दिए कि पाँच दिनका लागि म्याद थपिएका साजन दुई दिनमै छुटे । महाराजगञ्ज चक्रपथबाट चक्रेका भाई तेजेन्द्र समातिए ।

उनी म्याद थपिन नपाई चार घण्टामै घर फर्किए । दीपक मनांगेलाई छुटाउन पशुपति शमशेर र किशोरसिंह राठौरले जतिसुकै दबाब दिए पनि सफल भएका छैनन् । सोमबार साँझ सरकारमा सहभागी भएका विजय गच्छदारको तीव्र दबाबका कारण सञ्जीव लामा (स्याल)पनि छुटेका छन् । जनआस्थामा खबर छ–

प्रतिक्रिया

सम्बन्धित