प्रचण्ड भेट्न ओली खुमलटार जाने

Prachanda_1

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जाँदै छन् । 

नेकपामा विवाद चर्किइरहेको अवस्थामा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एकआपसमा भेटघाट गर्ने क्रम बढीरहेको छ ।

यसैक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्नका लागि १० बजे दाहाल निवास खुमलटार जानेछन्। पार्टीमा जारी गतिरोधकाबिच ओली दाहाल निवास जान लागेका हुन्।

हिजो शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित