विपत्तिमा विश्वमहारथीः १ करोड ८० लाख बढी संक्रमित, ३ लाख २३ हजारको मृत्यु

crying US

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख नाघेको छ । पछिल्ला दिनमा विश्वका अन्य क्षेत्रमा कोरोना संक्रमण घट्दो क्रममा रहे पनि अमेरिकामा पनि भयावह अवस्थामै रहेको छ ।

अमेरिकामा पछिल्लो २४ घन्टामा १ लाख ८९ हजार ४ सय १५ नयाँ संक्रमित देखिए पछि हालसम्म संक्रमितको संख्या १ करोड ८० लाख ७७ हजार ७ सय ६८ पुगेको छ ।

त्यस्तै अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ५६ रहेको छ । यससँगै हालसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २३ हजार ४ सय १ पुगेको छ ।

अमेरिकामा हालसम्म १ करोड ५ लाख ४५ हजार ४ सय ४५ जना कोरोनामुक्त भइसकेका छन् भने ७२ लाख सक्रिय संक्रमित रहेका छन् ।

विश्वभर पछिल्लो २४ घन्टामा ६ लाख १२ हजार ४ सय १६ जना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या ७ करोड ६६ लाख ५ हजार १ सय ८५ पुगेको छ भने १० हजार ७ सय ६६ को मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ लाख ९१ हजार १ सय २३ पुगेको छ ।

विश्वमा हालसम्म ५ करोड ३७ लाख ३६ हजार ६ सय ९० जना कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित