छोरीलाई जिताउन प्रचण्डले कांग्रेसभित्र पैसाको खोलो बगाएको आरोप

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले आफ्नो छोरी रेणु दाहाललाई चितवन महानगरबाट जिताउन करोडौं रकम खर्च गरेको खुलासा एक अनलाइनले गरेको छ । विप्लव माओवादी निकट जनपाटी डटकम नामक अनलाइनले  भरतपुर महानगरपालिकामा छोरी रेणुलाई जिताउन प्रचण्डले कांग्रेसको उम्मेदवारी फिर्ता लिन लगाएको दावी गरेको छ । अनलाइनले त्यसो गरेबाफत प्रचण्डले करोडौं रकम खर्च गर्न तयार भएको दाबी समेत गरेको छ ।

सो अनलाइनले लेखेको छ– रेणु दाहाललाई जिताउन कांग्रेसको उम्मेदवार फिर्ता गराउदा कांग्रेसका उम्मेदवार र कयौं नेताहरु असन्तुष्ट देखिएपछि प्रचण्डले २० करोड खर्च तयार भएका हुन् ।

चितवन कांग्रेस सभापति जित नारायण श्रेष्ठलाई प्रचण्डले तत्काल डेड करोड बुझाएका छन् । अरु कयौं कांग्रेसका असन्तुष्ट नेताहरुलाई ठेगान लगाउन प्रचण्डले करोडौं खर्च गर्न तयार भएको कांग्रेसभित्रकै नेताहरुले बताउने गरेका छन् ।

समाचारका अनुसार स्थानीय निर्वाचनलाई जीवनमरणको संघर्ष बनाएको माओवादी केन्द्र र यसका अध्यक्ष प्रचण्डले संसदीय व्यवस्थालाई मजबुत बनाउन विदेशी शक्ति केन्द्रसँग झण्डै अर्बको रकम भित्राएको उच्च स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित