आफूलाई सत्ताच्यूत र राष्ट्रपतिलाई महाअभियोग लगाउने सुइँकोपछि संसद विघटनः नेता बस्नेत

Mahesh

चितवन। नेकपा नेता महेश बस्नेतले आफूलाई सत्ताच्यूत र राष्ट्रपतिलाई महाअभियोग लगाउने सुइँको पछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताएका छन् । संसद विघटनपछि प्रतिक्रिया दिने क्रममा सांसद बस्नेतले प्रधानमन्त्रीको बाध्यात्मक कदम भएको बताएका छन् ।

प्रधानमन्त्री निकट नेता बस्नेतले राष्ट्रपतिलाई महाभियोग लगाउने र प्रधानमन्त्रीलाई हटाउने लगायतका षड्यन्त्र भएकाले संसद विघटन गर्नु परेको दाबी गरे ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले भने, ‘आफ्नै पार्टीका नेताहरूले देशीविदेशी शक्तिसँग मिलेर प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने र राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने षड्यन्त्रको सुईँको पाएपछि प्रधानमन्त्रीले मेरो पार्टीलाई मिलाउन सकिन र नकारात्मक भूमिका भएका शक्तिहरू संलग्न भएकाले प्रधानमन्त्रीले जनतामै जान्छु भनेर निर्णय गर्नु भएको हो । यो उहाँको बाध्यात्मक कदम हो ।’

उनले पार्टी एकता भंग भएको जस्तो देखिएको बताए । अब साविकको एमाले र साविकको माओवादीतिर जानसक्ने बताए । त्यसो भए प्रधानमन्त्रीले साविकको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनु हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘खुमलटारको बैठकले के निर्णय गर्छ भन्नेमा भर पर्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित