चुनावको मुखमा केपी ओली मोडल बनेपछि

काठमाडौं ।  स्थानीय चुनावको समय नजिकिंदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली अभिनित एमालेको पक्षमा भोट माग्दै नयाँ चुनावी गीत युट्युवबाट सार्वजनिक भएको छ  । ओली सहित वरिष्ठ नेताहरुले समेत मोडलिङ गरेको गीतमा एटम बिद्रोही र टीका प्रसाईंको स्वर छ । डम्बर ढकालको लेखन रहेको सो चुनावी गीतको बोल ‘गाउँ सहर टोलटोलमा हल्ला छ, एमालेलाई जिताउने सल्लाह छ, उठौं जागौं लागौं न साथी हो एमाले नै जनताको पार्टी हो’ रहेको छ । एमाले अध्यक्ष  ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई लगायतले गीतमा मोडलिङ गरेका छन् । एमालेले चुनाबी अभियानलाई सामाजिक सन्जालमार्फत पनि तिब्र बनाएको छ

प्रतिक्रिया

सम्बन्धित