यस्तो छ आजको मौसम

Cold

काठमाडौं । आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्‍ने महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, वागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–2भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ।

अहिले मौसममा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन अनुरोध गरिएको छ।

आगामी २४ घण्टा तराई तथा पहाडका केही भू–भागहरूमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सचेत रहन भनिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित