२५ वटा गाडी बाेकेर राजधानी भित्र्याउने घलानको निधन

ghalan_1

 

 

टिस्टुङ । त्रिभुवन राजपथ बन्नुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका–५ पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो ।

मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।

दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए ।

जीवनभर २५ गाडी बाेकेका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गरेका थिए । उनले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रैबोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए । राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए ।

आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाएका थिए। एक वर्षदेखि पक्षाघातले थलिएका उनी घरमै बसेर आराम गरिरहेका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित