संसद् विघटनसम्बन्धी रिट संवैधानिक इजलासमा, शुक्रबार सुनुवाई हुने

Cholendra

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको सुनुवाई संवैधानिक इजालाशमा पुगेको छ।

शुक्रबार हुने संवैधानिक इजलाशमा हेर्नेगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सो आदेश दिएको हो । आजको इजलाशमा १२ वटा रिट माथि सुनुवाई भएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश हुन्छन्।

संवैधानिक इजलासका लागि सर्वोच्चले तयार गरेको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश राणाले नै छान्नेछन्।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार अहिले संवैधानिक इजलासका लागि तयार भएको रोष्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकासिंह राउत र सपना प्रधान मल्ल छन्।

 

प्रतिक्रिया

सम्बन्धित