सिन्धुली आइपुग्यो महेश बस्नेतको अभियान, बस्नेतकै उपस्थितिमा पार्टी कार्यालयको ताला ओली नेतृत्वलाई

1_M

 

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत देशमा देखिएको राजनीतिक माहौलका साथ पूर्वी तराईका केही कार्यक्रमहरुमा सहभागी भएका छन् । मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरी बस्नेत बुधबार सिन्धुलीको एक कार्यक्रममा सहभागी भएका छन् ।

नेकपा नेता तथा युवा इन्चार्ज महेश बस्नेतलाई स्थानीय नेकपाका कार्यकर्ताहरुले हर्षोल्लासपूर्ण तरिकाले सिन्धुलीमा स्वागत गरेका छन् । सोही अवसरमा सिन्धुलीको माडी २ नं बजारमा रहेको जिल्ला पार्टी कार्यालय अगाडि जम्मा भएका ७ सय भन्दा बढी युवाहरुले कार्यालयमा ताला लगाएर साँचो केपी ओली पक्षधर पुर्ब जिल्ला सचिब महेन्द्र श्रेष्ठलाई जिम्मा लगाएका छन्।

राजन दहाल जिल्ला अध्यक्ष रहेको र बिगतमा माओबादीको प्रभाव क्षेत्र भनेर चिनिएको सिन्धुलीको पार्टी कार्यालयमा ओली पक्षले कब्जा जमाउनु भनेको आफैमा महत्त्वपूर्ण घटनाको रुपमा हेरिएको छ।

1_M1

सो बिषयमा हाम्रो जिज्ञासा राख्दा बागमती प्रदेश सदस्य कौशल कोइरालाले यो कार्यालय केपी ओलीले शिलान्यास गरेर पूर्वएमालेले ११ बर्ष अगाडि बनाएको कारण पनि कार्यालयमा हाम्रो हक लाग्ने बताए । युवाहरुले सोही आधारमा आफ्नो उपस्थिति जनाएका हुन् ।

युवा संघ जिला संयोजक देवराज वाइबाकको नेतृत्वमा निकै उत्साही युवाहरुको जुलुस, 'अघि बढ के पी बा ज्यान दिन तयार छौं । अबको निकास नयाँ जनादेश । घेराबन्दी तोडिन्छ, देशको मुहार फेरिन्छ । सिन्धुलीबासी के भन्छ केपी ओली ले भन्छ।' जस्ता नारा लगाएर १ नं बजार, बसपार्क, धुराबजार हुँदै कमलामाई पार्टी प्यालेसमा गएर सभामा परिणत भएको छ। प्रहरीले सिन्धुली प्रबेश गरेका बस्नेत लगायत युवा संघका नेताहरु रमेश आचा, रामजी सापकोटा, अशोक चौलागाई र अनेरास्ववियु नेता समिक बडालहरुलाई स्कटिङ्ग गर्दै प्रवेश गराएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित