कुलपूजाका लागि सरकारद्धारा राउटेलाई पाँच लाख सहयोग

जलेको एक वर्ष पछि उपचार काठमाडौं : आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैयाँ सहयोग गरेको हो । १२ वर्षको एक पटक राउटेहरुले गर्ने महाकुल पूजा र उपचाररत शाहीको उपचारका लागि सरकारले सहयोग गरेको हो । अघिल्लो पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा कपिल शाही जलेका थिए । आगोले उनको पाखुरा, ढाड र पेट पोलेको थियो । जलेको एक वर्षपछि शाही उपचारका लागि राजी भएपछि उनलाई काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित