मतगणना स्थानीय तहमै

काठमाडौं : निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ ।मतपेटिका ओसार–पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ । आयोगका अनुसार २८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुनेछ । त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको पनि आयोगले जनाएको छ । हरेक गाउँपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेकाले सोही कार्यालयमै हरेक वडा र तहको मतगणना हुने आयोगको भनाई छ । दलसँगको समझदारीमा मतगणना हुने स्थान तथा समय टुंगो लगाइने छ ।

प्रतिक्रिया

सम्बन्धित