गोरखा–२ मा नारायणकाजीलाई पछि पार्दै बाबुरामको अग्रता कायमै

काठमाडौँ । गोरखा–२ मा मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार रहेका नयाँ शक्ति नेपाली पार्टीका संयोजक डा. बाबुराम भट्टराईले  अग्रता लिएका छन् ।

बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेका थिए । पछिल्लो अपडेट अनुसार बाबुरामले ६ हजार ५३४ मत पाउँदा नारायणकाजीको ५ हजार ३९९ मत छ । गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । उनले ४ हजार ९३४ र कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४७२ मत पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित