सर्वोच्च अदालतको आदेशपछि मध्यमार्गी बाटो खोज्दै कांग्रेस

काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे सर्वोच्च अदालतको आदेशपछि मध्यमार्गी बाटोबाट समाधान निकाल्ने पक्षमा कांग्रेस पुगेको छ ।

निर्वाचनको मुखमा टसल बढाउँदा थप अन्योलता बढ्ने भन्दै बीचको बाटोबाट समाधान निकाल्ने प्रयास भइरहेको नेता रामचन्द्र पौडेलले बताए ।

‘सेफ ल्यान्डिङ गर्ने भनेर लागेको छु। कुराकानी चल्दै छन् । बीचको बाटोबाट समाधान निकाल्दै छौँ,’ पौडेलले भने, ‘टसल बढाउँदा देशलाई फाइदा छैन । आ–आफ्नो ठाउँमा जो–जो रहने हो रहनुपर्छ। सुरक्षित अवतरण गराउनैपर्छ ।’

सभापति देउवासहितका नेतासँगको छलफलका क्रममा सुरक्षित अवतरण गर्नुपर्ने विषयमा छलफल भएको पौडेलले बताए ।

कांग्रेसका पुराना नेता मार्शलजुलुम शाक्यको निधनमा श्रद्धाञ्जली दिन केन्द्रीय कार्यालय पुगेका बेला नेताहरूबीच सुरक्षित अवतरणमा जानुपर्ने विषयमा छलफल भएको उनले बताए ।महाअभियोगका सम्बन्धमा परेको रिटमा शुक्रबार सुनवाई गर्दै सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन अन्तरिम आदेश दिएको थियो । (नयाँ पत्रिका ) बमख

प्रतिक्रिया

सम्बन्धित