एमालेले ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको मन्त्रीको खुलासा

काठमाडौं । कानूनमन्त्री अजय शंकर नायकले प्रमुख विपक्षी दल एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान कुरागर्दै मन्त्री नायकले एमालेको पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्ध रहेको खुलासा गरेका हुन ।

‘पूर्वराजासँग एमालेको खास सम्बन्ध छ’, उनले भने, ‘एमालेले डिजाइनमा विवाह भोजमा बोलाउँछ । यही कुरा माओवादीले गरेको भए सामाजिक सञ्जाला विभिन्न टिकाटिप्पणी हुन्थ्यो ।’

एमालेले न्यायपालिकामा आफ्ना मान्छेहरूको झुण्ड बनाएर न्यायालयलाई आफू अनुकूल प्रयोग गरिरहेको मन्त्री नायकले आक्षेप लगाए ।

‘एमालेले अदालतलाई आफू अनुकूल प्रयोग गरिरहेको छ । आफ्नो मान्छे प्रयोग गरेर न्यायपालिकालाई स्वतन्त्र काम गर्न दिएको छैन । एमालेले न्यायापालिकामा झुण्ड बनाएको छ’, उनले भने ।

संसदको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने गरेर सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाले आदेश दिएको बताएका मन्त्री नायकले भने, ‘न्यायपालिकाका न्यायधीशहरूको संविधान र कानून विपरितको कार्यसम्पादन शैलीले न्यायालयको गरिमा घटिरहेको छ ।’मन्त्री नायकले अदालतका न्यायाधीशले निवन्ध लेखे जस्तो जनता र भावनामा बगेर फैसला गर्ने कार्य स्वतन्त्र न्यायको सिद्धान्त विपरित रहेको बताए । ‘सर्वोच्चबाट निवन्ध लेखे जस्तो आदेश आएको छ । जनताको मनलाई न्यायाधीशले बुझ्ने होइन । कानून र संविधान हेर्ने हो । प्रमाण हेर्ने हो । जनताको मन बुझ्ने काम न्यायाधीशको होइन ।’ मन्त्री नायकले संसदको क्षेत्राधिकार भित्र प्रवेश गरेर न्यायाधीशले आदेश दिएका विषयमा संसदले निर्णय लिने बताए । उनले भने, ‘यस विषयमा संसदले आफ्नो काम गर्छ । सभामुखलाई विशेष अधिकार छ ।

प्रतिक्रिया

सम्बन्धित