प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

Gold

काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा मंगलबार भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन मंगलबार भने तोलामा रु ६०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तोलामा रु ९१ हजार ७०० मा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा रु २० ले वृद्धि भएको छ ।

रु एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी सोमबार रु एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित