संसद् विघटनविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा

supreme_1

काठमाडौं । संसद् विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा गएको छ । शुक्रबार संवैधानिक परिषद्को पूर्ण इजलासमा सुनुवाई सुरु भएको उक्त मुद्दामा बहसकै क्रममा रहेकोले हेर्दाहेर्दैमा गएको हो ।

यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका थिए ।

इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ। यससँगै आइतबारदेखि सुनुवाई लगातार हुने पनि सर्वोच्च स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित