अब सेवाको आधारमा अस्पतालको वर्गिकरण

काठमाडौं : अस्पतालहरु पनि अब वर्गिकरणमा पर्ने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशमा सञ्चालित अस्पतालहरुलाई बर्गीकरण गर्ने भएको हो । सेवाका आधारमा अस्पतालहरुलाई वर्गिकरण गर्न लागेको मन्त्रालयले जनाएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले नेपाल स्वास्थ्य विकास पुर्वाधार–२०७४ पारित गरेपछि अस्पतालको बर्गीकरणका लागि बाटो खुलेको हो । यसअघिसम्म राज्यको संरचना र शय्याको संख्याको आधारमा मात्रै बर्गीकरण गरिएकोमा अबदेखि सेवाका आधारमा स्वास्थ्य संस्थाका आधारमा बर्गीकरण हुनेछ । कुन अस्पतालमा कस्तो सेवा, पूर्वाधार, जनशक्ति र उपकरण छ त्यसैका आधारमा बर्गीकरणको मापदण्ड तोकिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । नयाँ मापदण्ड अनुसार प्रत्येक वडामा स्वास्थ्य इकाई हुनेछ भने गाउँ वा नगर तहमा प्राथमिक अस्पताल हुनेछ । जिल्ला वा अहिलेका अञ्चल अस्पतालहरुलाई भने तृतीय तहको अस्पतालको रुपमा कम्तीमा हरेक प्रदेशमा एउटा रहने गरी सेवाको व्यवस्था गरिने भएको छ । केन्द्रीय स्तरमा भने विशिष्टीकृत अस्पताल बनाइने बिधयेकमा उल्लेख छ । मुटु, क्यान्सर, प्रसुती, स्वासप्रस्वास रोगसम्बन्धी छुट्टाछुट्टै केन्द्रीय अस्पताल बनाउने मापदण्डमा उल्लेख छ । यता, सबै प्रकारका अस्पतालमा के कस्तो सेवा सुविधा हुनुपर्ने छ भन्ने निर्देशिका वा मापदण्ड बनाउने अधिकार भने केन्द्रीय सरकारलाई नै हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित