१० दिनका लागि नारायणघाट–मुग्लिन सडक २४ सै घण्टा खुला

चितवन : दैनिक छ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडक आउँदो सोमबार अर्थात् वैशाख २५ देखि जेठ तीन गतेसम्म २४ सै घण्टा खुला रहनेछ। स्थानीय चुनावका लागि आउजाउ गर्ने मतदाताहरुको सुविधालाई ख्याल राखेर सो निर्णय गरेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी गराएको छ। १० दिन अर्थात जेठ ४ पछि फेरि बिहान १० देखि दिउँसो चार बजेसम्म सो सडक बन्द हुनेछ। आयोजनका इन्जिनियर शिव खनालका अनुसार मतदाता चुनावको लागि यता र उता गर्ने भएकोले सडक २४ सै घण्टा खुला गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित