तराईका बाक्लो हुस्सु, यस्तो छ आगामी ३ दिनको मौसम
काठमाडौं । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको करिव दुई साताको प्रभाव हटेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि उल्लेख्य मौसमी प्रणाली छैन ।
अहिले पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ । आज पनि तराईका केही स्थानमा बाक्लो हुस्सु लागेको छ ।
आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु्समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौँको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान साढे ६ बजेको मापनअनुसार तापक्रम ३.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज काठमाडौंँको अधिकतम तापक्रम १८–२० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
माघ ९ गते (शुक्रबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना देखिन्छ ।
राति : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश-१, बागमती , गण्डकी र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १० गते (शनिबार)
दिउँसो : सुदूर-पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का बर्षाको सम्भावना छ ।
राति : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
माघ ११ गते (आइतबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया