छिमेकीको नियतिः १ लाख ५३ हजार बढीको मृत्यु, १ करोड ६ लाख संक्रमित

ind

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार २२१ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ४० हजार ५४४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ६३ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित