देशभर थप ३३९ जनामा कोरोना संक्रमण, एकैदिन थप १० को मृत्यु

Corona_Update

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० थपिएसँगै मृतक २ हजार ११ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३३९ जनामा कोरोना संक्रमण परिक्षणको नतिजा पोजेटिभ देखिएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरी पछिल्लो २४ घण्टामा ४०१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ ।

त्यस्तै हालसम्म १३२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ४८ हजार ११३ जनाको पीसीआर परिक्षण गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित