भक्तपुरमा पनि यसरी सुरु भयो कोरोनाविरुद्धको खोप अभियान

No photo description available.

भक्तपुर । नेपाल सरकारले बुधबारदेखि सुरु गरेको कोरोना संक्रमणविरुद्धको खोप कार्य भक्तपुरमा पनि सुरु भएको छ ।

भक्तपुरको भक्तपुर जिल्ला अस्पतालमा सुरु भएको खोप कार्यक्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरुलाई लगाउन सुरु गरिएको नेकपा केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बताए ।

बस्नेतका अनुसार सरकारले आजबाट सुरु गरेको कोरोनाविरुद्धको खोप कार्यक्रम भक्तपुर जिल्ला अस्पतालबाट सुरु भएको छ । बस्नेतले पहिलो चरणमा सरकारको नीतिअनुरुप नै स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राख्दै भक्तपुरमा पनि खोप लगाउन सुरु गरिएको बताए ।

उनले यससँगै कोरोना संक्रमितसँग नजिक भएर काम गर्ने एम्बुलेन्स चालकका साथै शब व्यवस्थापनमा सहभागी हुँदै आएका स्वयंसेवी र सुरक्षाकर्मीहरुलाई पनि खोप लगाइँदै जाने बताए ।

May be an image of 1 person

May be an image of one or more people and people standingMay be an image of one or more people and people standingMay be an image of 1 person, sitting and standing

प्रतिक्रिया

सम्बन्धित