सैनिक हेलिकोप्टर दुर्घटना, ५ यात्रुको मृत्यु

cuba

क्युवा । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित सबै पाँच यात्रुको मृत्यु भएको छ ।

क्युवाको रक्षा मामिला मन्त्रालयका अनुसार स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।

हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित