सिआइबीले थाल्यो भारत हुँदै दुबई पुर्याइएका महिलाबारे अनुसन्धान

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो(सिआइबी)ले  भारत हुँदै  दुबई पुर्याइएका महिलाबारे अनुसन्धान थालेको छ । सिआइबी)ले महिलालाई अबैध रुपमा अलपत्र पुर्याउने गिरोहवारे अनुसन्धान सुरु गरेको र यसमा संलग्न गिरोहको छिट्टै पहिचान हुने जनाएको छ ।

दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा आज थप ३२ जना आइपुगेका छन् । उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट दुबई पु-याएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरेको थियो ।

राहदानीमा कुनै देशको पनि प्रवेशाज्ञा नलागेका उनीहरुले आफूहरु केन्या जान लागेको भन्दै दुबई पुगेकोमा त्यहाँबाट दलालले कुँवेत लैजाने तयारी गरेको थियो । केन्यामा नेपालीलाई ‘अन अराईभल भिसा’ अर्थात् जाने बित्तिकै प्रवेशाज्ञा दिने प्रावधानको फाइदा उठाउँदै उनीहरु भारतीय विमानस्थलमा ‘सेटिङ’ मिलाएर गएको अनुसन्धानको क्रममा खुलेको छ ।

फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि अहिले माइती नेपालको जिम्मा लगाइएको छ  । सरी फिर्ता हुनेमा कञ्चनपुर, बर्दिया, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका रहेका छन् । केही महिला त चार महिनासम्म दिल्लीमा बसेर दुबई लगिएको भेटिएको छ ।

दुबईबाट दिल्ली फिर्ता गरिएका एअर इन्डियाको दिल्ली उडानबाट काठमाडौँ आइपुगेका हुन् । फर्किएकाले दिएको प्रारम्भिक बयानमा आफूहरु घरेलु कामदारको रुपमा कुँवेत जान लागेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित