२३ गतेको सभाको तयारीस्वरुप बस्नेतको नेतृत्वमा राजधानीमा मोटरसाइकल जुलुश

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले आज बृहत मोटरसाइकल र्याली गर्दैछ । अहिले १२ बजेबाट सुरु हुने प्रदर्शन माघ २३ गते हुने बृहत सभाको तयारीस्वरूप भएको जनाइएको छ ।

युवा संघ र अनेरास्ववियूले काठमाडौँमा संयुक्त रूपमा निकाल्न लागिएको मोटरसाइकलको जुलुशको नेकपाका प्रभावशाली युवा नेता महेश बस्नेतले नेतृत्व गर्ने जनाइएको छ । जुलुशमा १० औं हजार युवाले मोटरसाइकलसहित सभागिता जनाउने छन् ।

मोटारसाइकल जुलुशका लागि रूट पनि कायम गरिएको छ । १२ बजे बालकुमारी पुलबाट सुरू हुने जुलुश तिनकुनेमा पुगेर सकिने छ । जुलुश बालकुमारी(सातदोबाटो–जावलाखेल–थापाथली–त्रिपुरेश्वर–जमल–दरबारमार्ग–नारायणहिटी–जयनेपाल–कमलपोखरी–रातोपुल–गौशला–एयरपोर्ट हुँदै तिनकुनेसम्म पुग्नेछ । जुलश सफल बनाउन पार्टीका नेता, युवा संघ र अनेरास्ववियूका नेता कार्यकर्ता सबै लागिपरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित