अनन्तको डरलाग्दो खुलासा : कार्की र सिलवालले सँगै बसेर योजना बनाएका थिए

काठमाडौं। माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमान पुन 'अनन्त' ले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनु पर्ने डरलाग्दो रहस्य सार्वजनिक गरेका छन् । एक अनलाइनमा अन्तर्वाता दिँदै सुशीला कार्की र नवराज सिलवालको रहस्यमय सम्बन्धबारे उनले भनेका छन् - ' किर्ते कागजलाई आधार बनाएर मुद्दा हेरिएको छ।

त्यो कागज अरूलाई छानबिन नगर भनिएको छ। एउटै न्यायाधीशले एउटै मुद्दा चार-पटकसम्म हेरेको छ। केही न्यायाधीशलाई मुद्दा हेर्नै दिइएको छैन। उस्तै प्रकृतिका जेष्ठताकै बारेमा प्रकाश अर्यालले हालेको मुद्दा र उपेन्द्रकान्त अर्यालका पालामा पार्वती थापाले हालेको मुद्दा अहिलेसम्म थाँती छ। तर, नवराज सिलवालको मात्रै प्राथमिकता दिइएको छ। सिलवालको मुद्दा अदालत जान नपाउँदै पेसी समेत नराखी हेरिएको छ।

अनि माननीय न्यायाधीश सपना मल्ल प्रधान र नवराज सिलवाल डेढ घण्टासम्म प्रधानन्यायाधीशको निवासमा सँगै बसेर योजनाहरू बनाएको प्रमाण फेला परेको छ।

फोटोहरू अहिले पनि सम्बन्धित मान्छेसँग छ। त्यसकारण यो सबै योजनामा भएको भन्ने पुष्टि हुन्छ। एकातिर सैद्धान्तिक रूपमा कार्यकारीको क्षेत्राधिकारमा हस्तक्षेप गर्ने अनि अर्कोतिर एउटा व्यक्तिलाई लिएर यति ठूलो गुटबन्दी र मिलेमतो भएको देखियो। यो व्यक्ति सुशीला कार्कीको मामिला मात्रै नभएर न्यायालयको अभ्यासको विषय हो। यसले कार्यकारी संस्था र न्यायिक निकायबीचको सन्तुलनमा समस्या देखियो। त्यसकारण महाभियोग आएको हो। न्यायालयको स्वतन्त्रता र निष्पक्षतामाथि हामी विश्वास गर्छौं, त्यसकै लागि यो कदम चालिएको हो।'

प्रतिक्रिया

सम्बन्धित