देशभर थप ८१ जना संक्रमित, ५ को मृत्यु

Corona_Update

काठमाडाैं  नेपालमा पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोभिड१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

त्यस्तै कोभिडका कारण गत एक दिनमा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ । हालसम्म दुई हजार ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा १११ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा हालसम्म २१ लाख ७ हजार ६४९ स्वाबको परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हाल १ हजार ७१८ जना आइसोलेसनमा रहेका छन् त्यस्तै८७ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित