पक्राउ पर्ने खतरा देखेपछी सिलवाल उपचारका नाममा विदेश जाँदै
सम्भवतः उनी आजै दिल्ली जानेछन्,स्रोतले भन्यो । डिआइजी सिलवाल साँझ ५ बजे ललितपुरस्थित बिएण्डबी अस्पतालबाट एकाएक हराएका थिए भने उनी बाहिरिएको केहीबेर पछि उनका भाइ मधुसुधन सिलवालले अस्पताल पुगेर डिस्चार्ज लिएका थिए । सिलवाललाई अस्पतालले अन्यत्र लैजान रिफर गरेको बताइएको छ । अस्पताल स्रोतका अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको समाचार आएलगत्तै उनी कसैलाई केही नभनी साँझ पाँच बजे बाहिरिएका थिए ।
आफुलाई महानिरीक्षक बनाइयोस् भन्दै सर्वोच्व अदालतमा बुझाएको कासमु फाइल किर्ते गरेको अभियोगमा सरकारले गठन गरेको छानविन समितले बैशाख ११ गते बयानका लागि सिलवाललाई बोलाएको थियो।बयानका लागि बोलाएको केही बेरमै सिलवालका वकिलले दायर गरेको अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा फैसला गर्दै अदालते उनलाई नियन्त्रणमुक्त गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।
सिलवालाई प्रहरीले घरमा नै लगेर छोडेपनि उनी बिएण्डबी अस्पताल भर्ना भएका थिए। अस्पतालमा रहेपनि आफु प्रहरीको हिरासतमै रहेको बताइरहेका सिलवाल पक्राउ पर्नसक्ने डरले अस्पतालबाट डिस्चार्ज गरि अन्यत्रै रेफर गर्न लगाएको स्रोतको दावी छ। उनलाई यसअघि ब्लड प्रेसर बढेको भन्दै अस्पताल भर्ना गरिएको बताइएको थियो । यसबारे अस्पतालका चिकित्सकले भने कुनै प्रतिक्रिया दिन मानेनन् । प्रहरी प्रधान कार्यालयले स्रोतले सिलवाललाई १९ गतेसम्म पक्राउ गर्ने कुनै तयारी नभएको जनाएको छ।
प्रतिक्रिया