२१ गतेसम्मका लागि संसद स्थगित, होला त संविधान संशोधन ?

[caption id="attachment_26576" align="alignleft" width="471"] फाइल तस्विर:[/caption]

काठमाडौं : व्यवस्थापिका संसद बैठक चार दिनका लागि स्थगित भएको छ । संविधान संशोधनको कार्यसूचीमा नै प्रवेश नगरी संसद बैठक चार दिन पछाडि धकेलिएको हो । बैठक सरेपछि उम्मेदवारी दर्ता अघि संविधान संशोधनको सम्भावना टरेको छ । संसदको आइतवारको बैठक नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै वैशाख २१ गते सम्मका लागि स्थगित गरिएको हो । मधेसी मोर्चाले संविधान संशोधन नहुँदासम्म चुनावमा नजाने निर्णय गरेको भएपनि चार दिनलाई संसद स्थगित भएको छ। एकातिर पहिलो चरणको निर्वाचनका लागि आगामी १९ गते नै उम्मेद्वारको मनोनय दर्ता गर्ने कार्यसूची रहेकोमा मोर्चाले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने उत्सुकता झन बढेको छ भने अर्कोतिर संसद् बैठक यति लामो समय किन स्थगित भयो भन्ने प्रश्न पनि उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित